जेठ १९,धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई काँग्रेसको संसदीय दलको नेताबाट हटाउन उप्रक्रिया शुरु भएको छ । काँग्रेसकै सांसदहरूले मुख्यमन्त्री शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनलाई हटाउने प्रक्रिया शुरु भएको हो ।

प्रदेशमा काँग्रेसका १८ सांसद मध्ये ९ जनाले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेका हुन । कांग्रेसका १८ सांसदमध्ये लामोसमयदेखि प्रकाशबहादुर देउवा देशबाहिर रहेका छन् ।
कांग्रेसका सांसद मुख्यमन्त्री शाहलाई पदबाट राजीनामा दिन माग गर्दै आएका थिए ।