- निरु किरण जि सि
सपनाहरु सजाउँदै जिएको कस्ले देख्छ ?
भित्र भित्र जल्दै तड्पिएको कस्ले देख्छ ?
कुरा काट्नेहरुलाई मनपरी बोलिदिए भो
त्यै कारणले मन भाँचिएको कस्ले देख्छ ?
निष्ठुरी भनेर नभन्नु होला मलाई हजुरले
यहाँ म जस्तीले सम्झिएको कस्ले देख्छ ?
धुवाँ या ज्वाला देखिन्न मनको आगोमा
तर भित्र भित्रै सल्किएको कस्ले देख्छ ?
आफन्तले त भन्छन् भाग्यमानी छौ निरु
मेरो भाग्यमा रुन लेखिएको कस्ले देख्छ ?
भक्तपुर