• २०८३ कार्तिक २९ गते शनिवार

प्रचण्डद्वारा फागु पूर्णिमाको शुभकामना, प्रवासी नेपालीको सुरक्षा र शान्त मतदानमा जोड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागु पूर्णिमा (होली)को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, मेलमिलाप र शान्तिपूर्ण मतदानमा सबैलाई सचेत गराएका छन् । उनले सोमबार होलीको अवसरमा सामाजिक सञ्जाल मार्फत रङ्गहरूको पर्वले समाजमा उल्लास र सामूहिकता ल्याउने भएपनि यसपटक मध्यपूर्वको परिस्थितिका कारण हजारौं प्रवासी नेपाली र उनका परिवार चिन्तित रहेको बताए ।

‘विदेशमा रहेका सबै नेपाली सुरक्षित रहून् भन्ने कामना गर्छु,’ प्रचण्डले भने । प्रचण्डले आज रातीदेखि सुरु हुन लागेको निर्वाचनको मौन अवधि सम्बन्धमा पनि सचेत गराउँदै शान्तिपूर्ण वातावरण बनाइराख्न, संयमता अपनाउन र विवेकपूर्वक मतदान गर्न आग्रह गरेका छन्। उनले भने, ‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ। रङ्गले सम्बन्ध नजिक बनाओस्, नतिजाले जनजीवनमा आशा र उमंग ल्याओस्।’

उनले सबै महानगरवासी, नागरिक र विदेशमा रहेका नेपालीमा होलीको धेरै–धेरै शुभकामना व्यक्त गरेका छन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस
छुटाउनुभयो कि ?
लुम्बिनी अन्तिम खेलमा कर्णालीसँग ५ रनले पराजित मंसिर २८, काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएकाे छ । कर्णालीले दिएकाे १ सय २९ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमात्र बनाउन सक्याे । लुम्बिनीका टम मूर्सले सबैभन्दा धेरै ३६ रन बनाए । कर्णालीका जीशन मक्सूदले २ विकेट लिए । यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनायाे । लुम्बिनीका विकाश आग्रीले ३ विकेट लिए । याे जीतसँगै कर्णाली ६ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । लुम्बिनीले भने ७ खेलमा १ खेल जित्दै २ अङ्क जाेडेर प्रतियाेगिता सकाएकाे छ । एनपीएल क्रिकेटकाे आजकाे दाेस्राे खेलमा दिउँसाे १ बजे विराटनगर किङ्ग्स र चितवन राइनाेज खेल्दैछन् ।