• २०८३ बैशाख ७ गते सोमवार

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडौं ।   नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका पाइलट सहायक रथी राम सुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक सहायक रथी धर्मेन्द्र कुमार झालाई प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच प्रधानसेनापति सिग्देलले पदोन्नती भएका उपरथी र सहायक रथीलगायतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका एक जना महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका ५ जना प्रमुख सेनानीहरूलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस