चैत २९ , हैदराबाद। भारतस्थित अफगानिस्तान महावाणिज्यदूतले भारत र अफगानबीचको संस्कृति, व्यापार र पारस्परिक सम्बन्ध प्रबर्द्धन गर्ने उद्देश्यसहित हैदराबादमा दस दिने खाद्य तथा शिल्प महोत्सव आयोजना गरेको छ ।
कन्सुल जनरल मुहम्मद सुलेमान काकरले अगामी बर्ष दुबै देशको व्यबसायीहरुबीच अन्तर्क्रिया बढाउन सम्मेलन गर्ने तयारी समेत भइरहेको जानकारी दिए । यस्ता कार्यक्रमले दुबै देशको आपसी हितलाई बढावा दिने विश्वास गर्दै उनले उक्त कार्यक्रम पहिले नै बलियो रहेको भारतसँगको साझा मित्रताभित्र रहेको सांस्कृतिक सम्बन्धको एक हिस्सा रहेको बताए ।
भारतका लागि अफान कन्सुल जनरल मुहम्मद सुलेमान काकरले दुई देशको ब्यापार बृद्धी, संस्कृतिक आदानप्रदान तथा भारतसंगको सम्बन्ध बलियो बनाउन महोत्सवको आयोजना गरिएको बताए ।