• २०८३ बैशाख १० गते बिहिवार

कतारले दियो १३ नेपालीलाई आममाफी, सरकारबाट आभार व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडौं ।    नेपाल सरकारले कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई आममाफी दिएको प्रति आभार व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति आभार व्यक्त गरेको हो ।

नेपाल र कतार राज्यबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा मानवीय आधारमा प्रदान गरिएको माफीको मन्त्रालयले उच्च मूल्याङ्कन गरेको उल्लेख गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस