• २०८३ असोज १६ गते शुक्रवार

३ लाख धरौटीमा रिहा भए अशोक यादव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, सर्लाही । नेकपा नेता तथा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादव ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बुधबार यादवलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यादवविरुद्ध आपराधिक उपद्रव तथा कुटपिट गरी अंगभंग गरेको आरोपमा मुद्दा दर्ता भएको थियो । उनी गत भदौ २३ गते ललितपुरको धापाखेलबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई सर्लाही ल्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।

अदालतको आदेशपछि धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस