माघ १८, काभ्रेपलाञ्चोक । भकुण्डे–मंगलटार खण्डको नमोबुद्ध ४ एक नम्बर पुलछेउमा सुक्खा पहिरो झरेपछि रोकिएको बीपी राजमार्ग खुलेको छ । बीपी राजर्मागअन्तर्गतको सो खण्डमा आइतबार साँझ साढे ७ बजेबाट सुक्खा पहिरो झर्न थालेको थियो ।

सुख्खा पहिरो हटाएसँगै बीपी राजमार्ग खुलेको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।