• २०८३ जेष्ठ १ गते शुक्रवार

धुरन्धरले नेपालमा कमायो १० करोडभन्दा बढी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौं। बलिवुड फिल्म धुरन्धरले नेपालमा १० करोड भन्दा बढी कमाएको छ । नेपाल चलचित्र विकास बोर्डका अनुसार धुरन्धरले शनिबारसम्म नेपालमा १० करोड ५३ लाख ५५ हजार ३६१ कमाई गरेको छ । धुरन्धरका अहिलेसम्म ३ लाख १९ हजार ८८८ टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ ।

त्यस्तै हलिवुड फिल्म अवतार फायर एण्ड एशले अहिलेसम्म ६ करोड ६७ लाख ५४ हजार १२४ कमाई गरेको छ । अवतारका एक लाख ६२ हजार ५०६ टिकट बिक्रि भएको बोर्डले जानकारी दिएको छ । त्यस्तै अघिल्लो शुक्रबार रिलिज भएको बलिवुड फिल्म बोर्डर-२ ले शनिबारसम्म २ करोड २१ लाख ९३ हजार कमाई गरेको छ । धुरन्धर भारतमा भने अहिलेसम्मकै सबै भन्दा बढी कमाई गर्ने बलिवुड फिल्म बनेको छ । धुरन्धरले अहिलेसम्म ८९३ करोड कमाई गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस