फागुन ६, काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले फागुन ८ गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७र०७८ पेश भएको छ । सरकारका तर्फ कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेश गरेका हुन् । बैठकमा एमसीसी कार्यसूचीमा थिएन ।