• २०८३ जेष्ठ २८ गते बिहिवार

पूर्वराष्ट्रपति भण्डारीद्वारा गौरापर्वको अवसरमा शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौरापर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा आस्था, श्रद्धा र उल्लाससहित मनाइने गौरापर्व सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धता बढाउने पर्व बनेको उल्लेख गर्नुभएको छ ।

उहाँले गौरापर्वले विविध भूगोल, जातजाति, धर्म, संस्कृति र भाषाभाषीलाई एकताबद्ध गराउने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरू बीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस