• २०८३ बैशाख २८ गते सोमवार

नेता प्रधानद्वारा बागमती प्रदेश सभापतिमा उम्मेदवारी बन्ने घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, काठमााडौं। नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले १४ औं महाधिवेशनमा आफूले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शनिबार काठमाडौँको शान्तिबाटिकामा आयोजित कार्यक्रममा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने बताउनुभयो ।

संघीयता कार्यान्वयन अन्त्यन्तै फितलो रहेको उल्लेख गर्दै उहाँले आफू बागमती प्रदेश सभापति भएमा संघीयताको संस्थागत विकासका लागि काम गर्न सक्ने दावी गर्नुभयो । नेता प्रधानले प्रदेश भित्रका सबै जिल्लाहरुसँग समन्वय गरी बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने आफ्नो आशय रहेको पनि बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस