• २०८३ जेष्ठ ७ गते बिहिवार

पेट्रोलको मूल्य घट्यो, डिजेल र हवाई इन्धनको बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटबढ गरेको हो।

यस अनुसार पेट्रोल १ रुपैयाँले घटेर आएको छ । डिजेल तथा मट्टीतेल २ रुपैयाँले बढेको छ भने आन्तरिक हवाई इन्धन ३ रुपैयाँले बढेको छ ।

काठमाडौँ विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २१ डलरले बढेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस