• २०८३ बैशाख ४ गते शुक्रवार

भाषण गर्दा ढलेका जिफन्टका उपाध्यक्ष गौतमको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, बुटवल । नेकपा एमाले निकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ।

विहिबार केन्द्रीय कमिटी सदस्य समेत रहेका गौतम भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए ।

६५ वर्षीय गौतमलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पतालमा पुर्‍याइएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस