• २०८३ बैशाख ४ गते शुक्रवार

मधेस प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध मुद्दा दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १४, जनकपुर । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ । उनीमाथी घरमा एक्लै भएको समयमा बोलाएर नाम गोप्य राखिएको एक युवतीको जबरजस्ती पटक–पटक बलात्कार गरेको आरोप छ ।

अहिराजविरुद्ध गत माघ ३ मा प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । पूर्वप्रमुख झा साउन ४ गते पक्राउ परेका थिए । उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय माग दाबी गरिएको छ ।

साथै दफा २१९ कै उपदफा (३ क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग ३ लाख रुपैयाँ जरिवानाको माग दाबी गरिएको छ ।

rajesh jha (1)

Sharing

प्रतिक्रिया दिनुहोस