• २०८३ बैशाख ८ गते मङ्गलवार

हित प्रवर्द्धन गर्न राष्ट्रिय स्वतन्त्र नागरिक समाज गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौं ।  राष्ट्रिय हित प्रवर्द्धनमा आफूलाई केन्द्रित गर्ने उद्देश्यले सामाजिक अभियन्ता फणीन्द्र नेपालको अध्यक्षतामा ‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल’ गठन भएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गरेर यो जानकारी दिइएको हो । नवगठित समाजको उपाध्यक्षमा रणबहादुर चन्द, महासचिवमा परवीर नेपाल, कोषाध्यक्षमा सञ्जय झा र सचिवमा उजीर किराती हुनुहुन्छ ।

त्यस अवसरमा अध्यक्ष नेपालले देशलाई भ्रष्टाचारबाट मुक्त गर्न जेनजी पुस्ताले उठाएका विषय कार्यान्वयनमा समाजले सहकार्य गर्ने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस