• २०८३ बैशाख ३० गते बुधवार

पाकिस्तान र बंगलादेशबीच १४ वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौं । पाकिस्तान र बंगलादेशबीच १४ वर्षपछि दुई देशबीच प्रत्यक्ष हवाई सेवा पुनः सुरु भएको छ । बंगलादेशको राजधानी ढाकाबाट बिहीबार पाकिस्तानको कराँचीस्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उडानले जानकारी दिएको छ ।

पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार, विमान बंगलादेश एयरलाइन्सको उडान बिजी-३४१ बिहीबार साँझ ढाकाबाट कराँची पुगेको थियो । १४ वर्षमा ढाकाबाट जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यो पहिलो उडान भएको प्राधिकरणले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस