• २०८३ बैशाख २० गते आइतवार

मंगलबार सुनको मूल्य घट्यो, चाँदीको भने सामान्य वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १३, काठमाडौं ।  नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुन तोलामा रू. ६ सयले घटेर रू. १,९३,००० मा कारोबार भइरहेको छ। अघिल्लो दिन (सोमबार) सुनको मूल्य तोलामा रू. १,९३,६०० रहेको थियो।

यता, चाँदीको मूल्यमा भने पाँच रुपैयाँको वृद्धि भएको छ। सोमबार प्रति तोला रू. २,२९५ मा कारोबार भएको चाँदी आज रू. २,३०० मा पुगेको छ। यसैगरी, १० ग्राम सुनको मूल्य आज रू. १,६५,४६५ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य रू. १,९७२ रहेको छ।

सुनचाँदीका मूल्यहरू अन्तर्राष्ट्रिय बजार, विनिमय दर र माग–आपूर्तिको आधारमा दैनिक रूपमा घटबढ हुने गर्छन्।

Sharing

प्रतिक्रिया दिनुहोस