• २०८३ बैशाख २३ गते बुधवार

आयल निगमले दशैँ बिदामा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने, तोक्यो १३ डिपो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, काठमाडौं । नेपाल आयल निगमले दसैंका सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री वितरण नरोकिने जनाएको छ । निगमले आइतबार सूचना जारी गरेर उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदाको दिनहरूमा पनि पेट्रोलियम पदार्थको सहज बिक्री वितरण हुने व्यवस्था मिलाएको जनाएको हो ।

निगमले देशभरका १३ वटा डिपो खुला रहने जनाएको छ । साथै पेट्रोलियम पदार्थको उपलब्धतामा समस्या भएमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस