• २०८३ जेष्ठ १७ गते आइतवार

सुनको मुल्य अहिलेसम्मकै उच्च

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख २३ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस अघि शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर २८१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २७४० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस