• २०८३ असार १८ गते बिहिवार

हङकङको आवासीय क्षेत्र भिषण आगलागी, १३ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, काठमाडौं ।  हङकङको ताई पो क्षेत्रको एक आवासीय क्षेत्र भिषण आगलागी भएको छ । घटनास्थलका तस्बिरहरूमा धुवाँको मुस्लो, आगोको मुस्लो, आगो निभाउन संघर्ष गरिरहेका अग्निनियन्त्रकहरू र आतंकित भएर भागिरहेका मानिसहरू स्पष्ट रूपमा देखिएको छ ।

हङकङको वाङ फुक कोर्ट नामक आवासीय परिसरमा आगलागी भएको थियो । उक्त परिसरमा आठ ब्लकमा फैलिएको जम्मा दुई हजार फ्ल्याटहरू छन् । हङकङ सरकारका अनुसार, वाङ फुक कोर्टमा स्थानीय समय अनुसार बिहान लगभग २:५१ बजे आगलागी भएको थियो, त्यसपछि अग्निनियन्त्रक विभागलाई जानकारी दिइएको थियो । हङकङका अधिकारीहरूका अनुसार, मृत्यु हुनेको संख्या चारबाट बढेर १३ पुगेको बताएका छन् । आगलागीमा २८ जना घाइते भएको जानकारी दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस