• २०८३ बैशाख ६ गते आइतवार

एमसीसी अन्तर्गतको प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, काठमाडौं ।  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ भएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए नेपाल) ले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ गरको हो ।

शुभारम्भ कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, अमेरिकी राजदूत डिन आर. थम्पसन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को र एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट सहभागी थिए । नेपालका प्रमुख ऊर्जा पूर्वाधारको निर्माण र नेपालमा विद्युत प्रशारण क्षमता र क्षेत्रीय सञ्जाल सुदृढ बनाउन अमेरिका र नेपाल दुवै सरकार एमसीसी नेपाल कम्प्याक्ट समयमै सम्पन्न गर्ने प्रतिबद्ध रहेको देखिएको छ ।

यस सबस्टेशनको निर्माण कार्यले नेपाल-भारतबीच ऊर्जा व्यापारलाई अझ विस्तार गर्नेछ र क्षेत्रीय आर्थिक वृद्धिमा सहयोग गर्ने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस