• २०८३ जेष्ठ ३१ गते आइतवार

सशस्त्र प्रहरीद्वारा २ सय १३ केजी गाँजा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं–१३ गण पर्साले भारतीय सीमावर्ती क्षेत्रलाई लक्ष्य गरी सञ्चालन गरेको चोरी–तस्करी तथा लागुऔषध नियन्त्रण अभियान अन्तर्गत ठूलो परिमाणको गाँजा बरामद गरेको छ ।

पर्साको विन्दवासिनी गाउँपालिका-५, बटसौरा क्षेत्रमा परालको कुइनाभित्र लुकाइछिपाई राखिएको २१३ किलोग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा हुँदै आएको लागुऔषध ओसारपसार रोक्न सशस्त्रले कडाइ साथ निगरानी बढाएको बताइएको छ ।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई बुझाइने सशस्त्र प्रहरीको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस