• २०८२ जेष्ठ ३० गते बिहिवार

काठमाडौं दरबारमार्गमा एटिएम मेसिन फोड्दै गर्दा युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा शनिबार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङ रहेका छन् ।

उनले उक्त एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । तोडफोडबाट एटीएम मेसिनको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस