• २०८३ बैशाख १६ गते बुधवार

सुदूरपश्चिमले कर्णाली याक्सलाई दियो १४० रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३९ रन बनाए भने आरिफ सेखले २७ रन बनाए । त्यस्तै हरमित सिंहले १९ र क्रिस लीनले १८ रन बनाएका थिए ।

त्यसैगरी कर्णालीका बलर कप्तान सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक एक विकेट लिए ।

Sharing

प्रतिक्रिया दिनुहोस