• २०८३ जेष्ठ १ गते शुक्रवार

श्रीमतीको हत्या गरेको अभियोगमा दाङबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, दाङ । आफ्नै श्रीमती ५७ वर्षीया लिला पुनको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ रनगैरा बस्ने ५७ वर्षीय सुकराम पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुकरामले लिलालाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस