• २०८३ असार १ गते सोमवार

 मन्त्रीसहितको सरकारी टोलीबाट आगजनी भएको नेपाली कम्युनिष्ट पार्टीको कार्यालय अनुगमन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, काठमाडौं ।  सरकारका मन्त्रीहरुले भदौ २४ मा आगजनी गरिएका राजनीतिक दलका पार्टी कार्यालयको अनुगमन गरेका छन् ।

यसैक्रममा मंगलबार सूचना तथा सञ्चार मन्त्री नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल, कानुनमन्त्री अनिल कुमार सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालसहितको टोलीले नेपाली कम्युनिष्ट पार्टीको पेरिसडाँडास्ठित कार्यालयमा पुगेर क्षतिको अनुगमन गरेको छ ।

सो अवसरमा मन्त्रीसहितको सरकारी टोलीले क्षतिको अनुगमन गर्नुका साथै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

सरकारी टोलीले आजै नेपाली कांग्रेस र एमालेको केन्द्रीय कार्यालयको पनि अनुगमन गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस