• २०८३ भाद्र १४ गते आइतवार

अर्घाखाँची र इलामबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौं । अर्घाखाँची र इलामबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

अर्घाखाँची, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छत्रदेव गाउँपालिका-८ निन्युडाँडा बस्ने ४० वर्षीय मेगराज नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । मेगराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खन र प्रहरी चौकी अर्घातोषबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इलाम, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-९ बरबोटे बस्ने २२ वर्षीय अमित गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । अमितले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस