साउन ७, काठमाडौं । ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको सो सम्झौता सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
सामान्य छलफल गरियोस् भन्ने सो विधेयकमाथिको सांसद नारायणी शर्मा, प्रेम सुवाल, रुपा शशी चौधरी, किरणकुमार शाह र सराज अहमद फारुकीले भाग लिनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते बिहीबार दिनको १ बजे बस्ने भएको छ ।