• २०८३ जेष्ठ २२ गते शुक्रवार
  • khabar24nepal2075@gmail.com
  • हाम्रो टिम
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    कोसी प्रदेशमधेस प्रदेशबाग्मती प्रदेशगण्डकी प्रदेशसुदुरपश्चिम प्रदेशकर्णाली प्रदेश
  • मनोरन्जन
  • अर्थ
  • विचार /ब्लग
  • अन्तवार्ता
  • खेलकुद
  • थप
    शिक्षापत्रपत्रिकाराशिफलस्वास्थ्यकृषिसूचना प्रविधीअन्तराष्ट्रियप्रवासफोटोफिचरभिडियो
भर्खरै चर्चित
सन्तोषीमाताको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस
पोखराको हरित रोजगारी सिर्जना परियोजनाको अवलोकन गर्न पुगे धनगढीका मेयर हमाल
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन
काँग्रेस बाराका सभापति यादव निलम्बित
पशुपति सहकारीका १४० ऋणीको नाम सार्वजनिक
परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारतको औपचारिक भ्रमणमा जादै
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु
कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष र कोषाध्यक्ष माथि अनियमितताको मुद्धा
प्रहरी प्रधान कार्यालय अनुसार आत्महत्या बढेको बढ्यै, दिनहुँ १५ – १६ आत्महत्याको तथ्यांक
चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक
विराटनगरमा ग्यास सिलिण्डर पड्केर एक जनाको मृत्यु
नेपालगन्ज उ.म.न. द्धारा वडाबासीको स्वास्थ्य परीक्षण गरिने
TRENDING
काेराेना कोरोना भाइरस राेल्पा रोल्पा नेपाल प्रहरी नेपालगञ्ज कोरोना राेल्पा रुन्टीगढी संसद विघटन khabar24nepal

प्रतिनिधिसभा बैठक : तराई मधेसमा खानेपानी समस्या तत्काल सम्बोधन गर्न माग

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट
साउन ७, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले तराई मधेसमा लामो समयदेखि बर्सात नहुँदा सुक्खा र खडेरी भई जनता पीडित भएको जनाउँदै तत्काल खानेपानी र सिँचाइको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँहरुले तराई मधेसमा खानेपानी र सिँचाइको उचित व्यवस्थाका लागि तत्कालीन र दीर्घकालीन रुपमा काम गर्नुपर्ने सुझाव दिनुभयो ।
बैठकमा सांसद अब्दुल खाँनले संयुक्त राज्य अमेरिकाको लुसियाना राज्यमा १३ जुलाई २०२५ मा बर्सातका कारण निधन भएका नेपाली विद्यार्थीहरु राजन यादव र रोजिन ओलीको शव हालसम्म पनि स्वेदश ल्याउन नसकिएको अवगत गराउँदै तत्काल शव नेपाल ल्याउनका लागि पहल गर्नका लागि सरकरको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले तराई मधेसमा लामो समय वर्षात नभएका कारण सुख्खा खडेरी भएकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरी खानेपानी र सिँचाइको प्रबन्ध गर्न सङ्घीय सरकारसँग माग गर्नुभयो । सांसद देवेन्द्र पौडेलले बागलुङ र पर्वतमा केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जनधनको क्षतिप्रति जानकारी गराउँदै तत्काल उद्धार, राहत र पुनःस्थापनाको माग गर्नुभयो । सांसद चित्रबहादुर केसीले बागलुङमा गत असार २५ गते आएको बाढीले ठूलो भौतिक क्षति भएको जानकारी गराउँदै पीडित जनताका आवाज सम्बोधनका लागि युद्धस्तरमा काम गर्न माग गर्नुभयो । सांसद वासुदेव घिमिरेले देशैभरि ठूलो वर्षा हुने अनुमान गरे पनि देशभरि सुक्खा खडेरी भएको बताउँदै पूर्वानुमान झुटो सावित भएको बताउँदै यसले नागरिकमा सरकारप्रति विश्वास नहुने बताउनुभयो । उहाँले आगामी दिनमा सही सूचनाको आधारमा मात्र मौसम पूर्वानुमान गर्न जल तथा मौसम विज्ञान विभागलाई आग्रह गर्नुभयो । सांसद छिरिङ ल्यामु लामा ‘तामाङ’ले तराई मधेसमा वर्षा नहुँदा सुक्खा क्षेत्र भएपछि खानेपानीको हाहाकार भएको बताउँदै दीर्घकालिन समाधानका लागि सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम पश्चिममा टिपर खस्दा तीन जना बेपत्ता भएको अवगत गराउँदै खोजी कार्यलाई तीव्र रुपमा अघि बढाउन र बेपत्ता भएकाको खोजीको माग गर्नुभयो । सांसद देवप्रसाद तिमलसेनाले तराई मधेसमा पानीको हाहाकार भएपछि सरकारले सुक्खा क्षेत्र घोषणा गरेको बताउँदै तत्काल खानेपानी र सिँचाइको व्यवस्था गर्न माग गर्नुभयो । साथै उहाँले रौतहटमा हात्तिको आक्रमणबाट स्थानीय पीडित भएको बताउँदै समाधानका लागि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद माधव सापकोटाले सदनमा मन्त्रीहरुका अनियमितताका घट्ना पुष्टि भएपछि राजीनामा माग्दा पनि सुनुवाइ नभएको बताउँदै रसुवामा आएको बाढीपछि चीनमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउन पहल गरेकामा धन्यवाद दिनुभयो ।
साथै उहाँले केरुङमा चीन सिमानामा अलपत्र परेका नेपालका मालवाहक गाडी यसै सिजनमा नेपाल ल्याउन पहल गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दामोदर पौडेल वैरागीले यही साउन ३ गतेको कास्कीमा बाढीबाट भएको क्षतिको जानकारी गराउँदै स्थानीयस्तरमा उद्धार र राहतका सामग्री बढाउन माग गर्नुभयो । सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलालले नेपाली लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानको चर्चा गर्नुभयो ।
Post Views: 39

Sharing

  • Facebook
  • Twitter
  • LinkedIn
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
पोखराको हरित रोजगारी सिर्जना परियोजनाको अवलोकन गर्न पुगे धनगढीका मेयर हमाल
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन
काँग्रेस बाराका सभापति यादव निलम्बित
पशुपति सहकारीका १४० ऋणीको नाम सार्वजनिक
परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारतको औपचारिक भ्रमणमा जादै
मौसम विभागको विभिन्न जिल्लामा तातो लहर चल्ने चेतावनी, सतर्क रहन आग्रह
धेरै पढिएको
१
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु
२
कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष र कोषाध्यक्ष माथि अनियमितताको मुद्धा
३
प्रहरी प्रधान कार्यालय अनुसार आत्महत्या बढेको बढ्यै, दिनहुँ १५ – १६ आत्महत्याको तथ्यांक
४
चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक
५
विराटनगरमा ग्यास सिलिण्डर पड्केर एक जनाको मृत्यु
६
नेपालगन्ज उ.म.न. द्धारा वडाबासीको स्वास्थ्य परीक्षण गरिने
छुटाउनुभयो कि ?
महोत्तरीको भंगाहा नगरपालिकामा प्रशासन कै मिलोमतोमा वन र नदी क्षेत्रमा तस्करी
धौलागिरि गाउँपालिका पहिरोको जोखिममा
काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै
बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

ट्वान्टीफोर नेपाल मिडिया प्रा. लि

  • ठेगाना : काठमाडौं महानगरपालिका, काठमाडौँ
  • फोन : +977-9851232670
  • ई-मेल : khabar24nepal2075@gmail.com

सूचना विभाग दर्ता नं :2341/077/078.

  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ विकास
  • अन्तर्राष्ट्रिय
  • विचार
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद
  • पत्रपत्रिका
  • अध्यक्ष: सन्तोष अर्याल
  • सह सम्पादक: बिमलराज डाँगी
  • कार्यकारी सम्पादक: दिपा अधिकारी
  • हाम्रो टिम
  • हाम्रो बारे
  • विज्ञापन बारे
© khabar24nepal.com सर्वाधिकार सुरक्षित
Powered By : TopLine Technology