• २०८३ असार ९ गते मङ्गलवार

नेपाल मै पहिलोपटक रेल स्टेसन रेस्टुरेन्ट सञ्चालनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, ३० काठमाडौं । नयाँ बानेश्वरस्थित बुद्धनगर यूएन पार्क पुल नजिकै सुविधा सम्पन्न छुट्टै वातावरण सहित रेल स्टेसन रेस्टुरेन्ट सञ्चालनमा आएको छ। करीव एक करोड बढिको लगानीमा छुट्टै परिवेशलाई लक्षित गर्दै रेल स्टेसन नाम दिएर रेष्टुरेन्ट सुरुवात गरेका छन तीनजना युवाले ।

पछिल्लो समय रोजगारीको नाममा होस वा पढाईको बहानामा विदेश जानेको लर्को छ तर यो टिमले छुट्टै नयाँ र नेपाल मै पहिलोपटक भिन्न खालको उदाहरणीय काम गरेको छ रेल स्टेसन रेस्टुरेन्ट ।

पछिल्लो समय प्रदूषित र भिडभाड भन्दा छुट्टै आन्दमय र बागमती किनार पछिल्लो समय शुद्धीकरण भएसगै यूएन पार्क आउने व्यतीहरुलाइ पनि मध्यनजर गर्दै सजिलो हाेस भनेर रेस्टुरेन्ट सुरु गरेको व्यवस्थापक सुदन बन्जाडेले बताए ।

विगत १० बर्षदेखि व्यवसायमा लागेका युवा टाेलि नेपाल मै केही उदाहरणीय काम गर्न जाेश जागरूक कारण यो काम थालेको यो टाेलि बताउँछन् ।

रेल स्टेसन आकारको डिपमा बसेर वरिपरिको आन्नदमय वातावरण सहित परिवारिक एवम् बिभिन्न पाटी जमघट सेमिनार बैठक लगायत सम्पूर्ण सुबिधा रहेको बन्जाडेले बताए। आफ्नो रेस्टुरेन्टकाे मुख्य आकषर्ण भनेको बिभिन्न पहाडी र हिमाली जिल्लाबाट अर्गानिक भनेको परिकारसगै रेस्टुरेन्टमा आउने पाहुनाहरुका लागि सर्वसुलभ खाना नास्तासँगै आरामदायी सेवाको व्यवस्था रहेको रेस्टुरेन्ट सञ्चालक जनक खत्रीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस