• २०८३ बैशाख ८ गते मङ्गलवार

सरकारी कार्यक्रममा निलम्बनमा परेकाहरु उपस्थिती हुनु संसदको अवमूल्यन हो : माधव सापकोटा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ७,  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले निलम्बनमा परेका र कानूनीरुपमा मुद्धा लागेका मानिसलाई सरकारी कार्यक्रमको प्रमुख अथिति बनाउदाँ संसदको अवमूल्यन हुने बताएका छन् ।

केही दिन अघि सिन्धुपाल्चोकको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले सरकारी कार्यक्रमको आयोजना गरी टेरामक्स प्रकरणमा मुछिएका पूर्वमन्त्री मोहन बस्नेत प्रमुख अथितिको रुपमा उपस्थित भएका थिए । बुधबार बसेको प्रतिनिधिसभामा बोल्दै सांसद सापकोटाले सरकारी कार्यक्रममा बस्नेतको उपस्थिती संसदको अवमूल्यनका साथै नैतिकता र जन विश्वासमाथि ठूलो हमला भएको बताए । उनले भने,‘यही संसदले सार्वजनिक पद अवलम्वन गरेको हो । सरकारी कार्यक्रममा निलम्बनमा परेका र कानूनीरुपमा मुद्धा समेत लागेका मानिस प्रमुख अथितीको रुपमा आमत्रण गर्नु भनेको संसदको समेत अवमूल्यन हो साथै शासन प्रणाली, नैतिकता र जन विश्वासमाथि ठूलो हमला हो ।

त्यसैले गृहमन्त्रालयले यसको बारेमा आधिकारीक धारणा के हो जान्न चाहान्छु ।’ उनले संसदका सदस्यहरुले घुस काण्डको अडियो बाहिर आउनुसम्म पनि सुनुवाइ नभएको प्रति दुख व्यक्त गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस