• २०८३ बैशाख ८ गते मङ्गलवार

तुईन खोला नजिकको पहिरो हटाउने कार्य जारी, ढुंगा झर्नेक्रम रोकिएन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य जारी रहेको छ ।

पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको अवस्था रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । डिभिजन कार्यालयले आज दिउँसोसम्म एकतर्फी भएपनि सडक आवागमन संचालनमा ल्याउन प्रयासरत रहेको जानकारी दिएको छ ।

शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस