• २०८३ जेष्ठ ६ गते बुधवार

चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं । काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा भीषण डढेलो भएको छ । शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ ।

डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग बलम्बुको टोली, सेनाको युद्धकवच गण सितापाईलाबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा खटिएका छन् ।

६ स्थानबाट सुरु भएको डढेलो ४ ठाउँमा निभाए पनि दुई ठाउँमा नियन्त्रणमा लिन कठिन भएको प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।

स्विट्जरल्याण्ड पार्कबाट तल्लो भेगमा फैलिएको डढेलो नियन्त्रणमा लिन सिर्जनाचोकबाट पानीको फोहोरा हान्ने प्रयास भइरहेको छ । आगो तीव्र रूपमा फैलिँदा वन क्षेत्रमा रहेका जैविक सम्पदा, वन्यजन्तु र वनस्पतिहरू जोखिममा परेका छन् । हावा लागेका कारण आगोको फैलावट बढेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस