• २०८३ जेष्ठ ५ गते मङ्गलवार

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेगरी बोलाइएको छ ।

नेकपा एमालेको ११औं महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलनै बनाएर चुनावी मैदानमा गएपनि ओली पक्षले अधिकांश पद जितेको छ । १९ सदस्यीय पदाधिकारीमा ओली पक्षका १७ जना विजयी भए भने पोखरेल पक्षका २ जना विजयी भएका छन् ।

त्यस्तै केन्द्रीय कमिटीमा पनि ओली पक्षको बर्चश्व कायम रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस