कार्तिक २ , काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल देशभर मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

साथै आज सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने विभागले जनाएको छ ।