• २०८३ जेष्ठ १५ गते शुक्रवार

इन्डोनेसियामा ६.२ रेक्टर स्केलको भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । इन्डोनेसियामा ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । शुक्रबार आएको भूकम्पको धक्का मलेसिया र सिंगापुरसम्म महसुस गरिएको थियो ।

सुमात्रा टापूको पश्चिमी तट नजिकै गएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।  उक्त भूकम्पमा परी कम्तीमा दुईजनाको मृत्यु भएको र कैयौं घाइते भएको इन्डोनेसियाका अधिकारीले बताएका छन् । भूकम्पका कारण कैयौं घर र भवनमा समेत क्षति पुगेको छ ।भूकम्पलगत्तै आएको पहिरोपछि उक्त जिल्लामा केही घर पुरिएको अधिकारीको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस