• २०८३ असार १ गते सोमवार

एशिया कपको सुपर फोरको समीकरण पुरा, भारत र पाकिस्तान फेरी खेल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं । जारी एशिया कपको सुपर फोरको समीकरण पुरा भएको छ । समुह चरणको एक खेल हुन बाँकी हुदानै सुपर फोरमा पुग्ने चार देशको टुंगो लागेको हो ।

जसमा समुह ए बाट भारत र पाकिस्तान तथा समुह बी बाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगेका हुन् । त्यस्तै समुह ए बाट युएई र ओमान तथा समुह बी बाट अफगानिस्तान र हङकङ समुह चरणबाट बाहिरिएका हुन् ।

गएराती सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेसँगै श्रीलंका समुह बि मा अपराजित रहदै शिर्ष स्थानमा रहेको छ । त्यस्तै समुह बी मा बंगलादेश ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेको छ ।

अब सुपर फोरमा रहेका सबै देशले एक अर्काविरुद्ध एक अर्काविरुद्ध खेल्ने छन् र शिर्ष स्थानमा रहेने दुई देश फाइनलमा पुग्ने छन् । यसमा रोचक के छ भने सुपर फोरमा भारत र पाकिस्तानबीच फेरी खेल हुने भएको छ । दुवै देशको खेल आइतबार हुने भएको छ ।

एशिया कप अन्तर्गत आज भारत र ओमानबीच समुह चरणको अन्तिम खेल हुदैछ र यस खेलको नतिजाले सुपर फोरको समीकरणलाई कुनै फरक नपार्ने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस