• २०८३ बैशाख २६ गते शनिवार

माछा मार्न गएका एक पुरुष मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
पौष २, काठमाडौं ।    माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।
सिरानचोक गाउँपालिका–७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा आज दिउँसो करिब २ः३० बजे बरामको शव फेला परेको उहाँको भनाइ छ । उहाँको खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Sharing

प्रतिक्रिया दिनुहोस