• २०८३ बैशाख ८ गते मङ्गलवार

सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्मालाई खुला पत्र

सलिम मियाँ पढ्न लाग्ने समय : २ मिनेट

साउन १, काठमाडौं । पत्रकार होइन पत्रुकार? कोठे पत्रकार? यो कुन शैली हो तपाईको ?
असार ३१ गते, सार्वजनिक स्थलमा तपाईंले भन्नुभयो —
“त्यो पत्रकार होइन, पत्रुकार हो। बुकुरोबाट बाहिर निस्कँदैन। फेक न्यूज लेख्छ।”

अनि थप्नुभयो —
“फोटो कसले दियो? सूचना कसले दियो?”
हुन त त्यो दिन मास धेरै देखेर उत्तेजित हुनुभयो कि, कुनै व्यक्तिगत रिस वा सनकको आवेग थियो — त्यो तपाईंलाई नै थाहा होला।
तर हेल्लो झगबहादुर सर, हेक्का राख्नुहोस् —
म पत्रकार मात्र होइन, सञ्चार उद्यमी पनि हुँ।
‘अनुज मिडिया प्रा.लि.’ मेरो आफ्नै संस्था हो।
‘कामना डेली’ जस्ता प्लेटफर्म चलाउने जिम्मा मसँग छ।
तपाईंले विगतदेखि नै बारम्बार ममाथि व्यक्तिगत प्रहार गर्नुभएको छ — कहिले तुच्छ टिप्पणी, कहिले होच्याउने शैलीमा।
मेरो नम्र आग्रह छ — यस्तो सोच फेरि विचार गर्नुहोस्।
जनताको अभिव्यक्ति तपाईंमाथि पनि छ।

उनीहरू भन्छन् –
तपाईं घमण्डी हुनुहुन्छ।
सामन्ती प्रवृत्तिको हुनुहुन्छ।
बौद्धिकताको खोल ओढ्नुभयो, तर आलोचना पचाउने आँट देखिएन।
चुनाव जितेको दशक बित्यो, जनताको घर फर्केर जानुभएन।
पालिका भवन र घरको परिधिभन्दा बाहिर तपाईंको उपस्थिति छैन भन्ने गुनासो छ। म तपाईको पुर्वबिद्यार्थी,छिमेकी र मतदाताको हैसियतले मेरो पनि गुनासो यहि छ।

अब म किन बोलें?
हुन त म नबोले पनि हुन्थ्यो।
रुक्मनी बराल हत्या प्रकरणमा अभियुक्त पक्राउ परिसकेका छन्। अनुसन्धान जारी छ।
तर, परिस्थितिले बोल्न बाध्य बनायो।
त्यो हत्या तपाईंहरूकै बेवास्ताको परिणाम हो।
रुक्मनीका दोस्रो श्रीमान दिपक परियारले कैयौं पटक तपाइको जनप्रतिनिधिको ढोका ढकढक्याए।
“यो वैवाहिक विवाद समाधान गरिदिनुस्” भनेर गुहार गरे। हुन त ऐरावतिमा पनि लिला र उनको परिवारको पनि यहि यस्तै निवेदन नभएको होईन।
ऐरावती गाउँपालिकाका जनप्रतिनिधीबाट वडा अध्यक्ष लगायतलाई समेत आग्रह आयो, तर तपाईँहरूको मौनता चिरिएन।

यदि तपाईंहरूले समयमै पहल गर्नुभएको भए,
शान्तिपूर्वक मिलापत्र गराउने, कानुनी समाधान खोज्ने चेष्टा देखाउनु भएको भए –
आज रुक्मनी जीवित हुने थिइन् कि?

हामी लेख्छौं, किनकि समाज माग्छ।
हामी फोटो खिच्छौं, किनकि घटना जनताको हो।
हामी बोल्छौं, किनकि मौनता सहमति होइन।

अहिलेलाई यति लेखेर कलम रोकेको छु।
तर प्रश्न खुला छन्।
तपाईं उत्तर दिन तयार हुनुहुन्छ?

– सलिम मियाँ,
पत्रकार तथा उद्यमी
प्युठान

Sharing

प्रतिक्रिया दिनुहोस