• २०८३ बैशाख ४ गते शुक्रवार

कानुन व्यवसायी परिषद् विधेयकः महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सरोकार भएकाहरूसँगको पर्याप्त छलफलपछि मात्र विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको मङ्गलबार बसेको बैठकमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत । तस्बिर : गोपाल दाहाल / रासस

प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा सो विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएका सदस्यसँगको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सरोकार भएका विज्ञको सुझावका आधारमा मात्र विधेयकलाई अगाडि बढाउने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कानुन व्यवसायी परिषद् विधेयकमा महिलाको सहभागितासँगै सूचना तथा सञ्चार प्रविधिलाई समावेश गर्नुपर्ने माग गर्नुभयो । सांसदहरू प्रतीक्षा तिवारी,ध्रुवबहादुर प्रधान, रामकुमार राईले र जीवन परियारले विधेयकका अव्यावहारिक पक्षलाई संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस