• २०८३ साउन २८ गते बिहिवार

साँफे-मार्तडी राजमार्गमा यातायात सञ्चालन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१, बाजुरा। शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध भएको साँफे-मार्तडी राजमार्गमा यातायात सञ्चालनमा आएको छ ।

जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा पर्ने बडीमालिका नगरपालिका-४ रिलाको खोलामा वर्षापछि पहिरो खस्दा यातायात ठप्प भएको थियो ।

अहिले राजमार्गमा जेसिभीको सहयोगले पहिरो पन्छ्याएपछि यातायात सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस