• २०८३ जेष्ठ ४ गते सोमवार

सेयर अंक घटे पनि कारोबार भने बढयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौँ । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। साताको अन्तिम सेयर कारोबार दिन बिहीबार भने ७.३३ अंकले घटेको हो ।

अघिल्लो कारोबार दिन बुधबार १.८३ अंकले बढेको नेप्से सामान्य ७ अंकले घटेर २५८८.६२ विन्दुमा रोकिन पुगेको हो । नेप्से घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको देखिएको छ । आज २९६ कम्पनिको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर किनबेच हुदाँ आज ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँमा खरिदबिक्री भएको छ ।

बुधबार भने ५ अर्ब ८२ करोड ४९ मात्र कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस