- गोबिन्द पौडेल, ईलाम
माघ १३, रोङ । इलामको रोङ गाउँपालिकामा सोमबारदेखी बृहद स्वास्थ्य जीवन प्रबर्धन कार्यक्रम संचालन गरिने भएको छ ।

स्वस्थ्य सफल रहे मानिस र मानिसले गर्ने हरेक काम स्वास्थ्य रहने भएकाले मेची अञ्चल आयुर्वेद औषधालय आइतबारेको आयोजना र रोङ गाउपालिकाको सहकार्यमा हुने उक्त अभियानमा योग शिबिर, निशुल्क स्वास्थ्य परीक्षण तथा स्वस्थ्य जीवन शैली संबद्ध तालिम जस्ता कार्यक्रमहरु रहने भएको छ । सोमबार ११ बजे उद्घाट गरिने र १४ गते बिहानबाट लगातार ६ दिनसम्म योग शिबिर,हुने जनाईएको छ ।
गाउपालिकाको हरेक टोलका एकजनालाई योग तथा स्वस्थ्य जीवन सम्बन्धि तालिम, स्वस्थ्य जीवन अभिमुखीकरण तालिम नागरिकहरुको प्रेसर , सुगरको परिक्षण, हाडजोर्नि , नसारोग पायल्स र फिस्टुलाको परिक्षण र उपचार पालिका र वडा स्तरिय स्वस्थ्य जीवन सम्बन्धि समुह गठन जस्ता कार्यक्रमहरु रहने रोङ स्वास्थ्य शाखाका प्रमुख नेत्र पोखरेलले बताए ।
रोङ ३ कुटीडाँडामा रहेको पाथीभरा संरक्षण समितिको सभाहलमा हुने शिबिरमा भाग लिएर स्वास्थ्यलाभ र निरोगी जीवन बिताउन सिबिरमा आमसहभागिताको लागि सबै नागरिकहरुमा गाउँपालिकाले अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष समसेर राइले बताए ।