• २०८३ बैशाख २३ गते बुधवार

 खार्पुनाथमा स्वास्थ्य शिविर सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
मंसिर २९, काठमाडौं ।   हुम्लाको खार्पुनाथ गाउँपालिकामा सञ्चालित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । यही मङ्सिर २६ र २७ गतेसम्म सञ्चालन भएको उक्त शिविरबाट दुई सय ८९ जना लाभान्वित भएका छन् ।
‘हेल्थ अस मेडिकल सेन्टर फार्मेसी’को आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा १९७ महिला र ९२ पुरुषले स्वास्थ्य जाँच गराएका उक्त मेडिकलका प्रमुख नारायण फडेराले जानकारी दिनुभयो । स्वास्थ्य जाँचका साथै उनीहरुलाई निशुल्क औषधी वितरणसमेत गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस