• २०८३ बैशाख १४ गते सोमवार

६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सीको कारोबार गरेको अभियोगमा दुई भारतीयसहित चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, काठमाडौं । ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा)को कारोबार गरेको आरोपमा प्रहरीले दुई भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरूबाट १५ लाख ३३ हजार रुपैयाँ नगद समेत बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरेको हो ।

परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार, पक्राउ पर्नेमा भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र बिहारकै ३३ वर्षीय मुन्ना जयसवाल छन् ।

यस्तै, बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल र महागढीमाई–५ का २५ वर्षीय मनमोहनकुमार सिंह छन् । उनीहरूले ६ करोड ६ लाख ६३ हजार ६ सय ८७ रुपैयाँ बराबरको क्रिप्टोको कारोबार गरेको पाइएको एसपी बोहराले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस