• २०८३ मङ्सिर ६ गते शनिवार

प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीलाई हराउँदै एपीएफकाे लगातार दोस्रो जीत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले गण्डकी प्रदेशलाई हराएकाे छ । आज भएकाे खेलमा एपीएफले गण्डकी प्रदेशलाई ८ विकेटले हरायो ।

गण्डकीले दिएको ७१ रनको लक्ष्य एपीएफले ९ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायो । एपीएफकी कप्तान इन्दु बर्माले नटआउट २६ रन बनाइन् । गण्डकीका आकृत्रि तिवारी र यशोदा भुजेलले १/१ विकेट लिए ।

यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर ७० रन बनायो । गण्डकीकी कप्तान सृजना पौडेलले २५ रन बनाइन् । एपीएफकी बिनु बुढाले २ विकेट लिइन् ।

प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जीत हो । गण्डकीको यो लगातार दोस्रो हार हो ।

समूह ‘ए’ मा सुदूरपश्चिम, गण्डकी, आर्मी, कर्णाली र लुम्बिनी प्रदेश छन् । समूह ‘बी’ मा बाग्मती, कोशी, मधेश र आर्मी छन् । प्रतियोगिताको फाइनल खेल यही माघ १२ गते शनिवार हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस