• २०८३ असार ६ गते शनिवार

अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं ।  अष्ट्रेलियाको बोन्डी समुद्र तटमा दुई आक्रमणकारीले यहूदीहरुको समूहमाथि गोली चलाएका छन् ।

यस घटनामा कम्तिमा १० जनाको मृत्यु भएको बताइएको छ । गोली लागेर १२ जना घाइते भएको र उनीहरुलाई आस्पताल पुर्याएको न्यूसाउथ वेल्स प्रहरीले जानकारी दिएको छ ।

आइतबार दिउँसो उत्तरी बोन्डी समुद्र तटमा साता लामो उत्सव मनाउने तयारीमा रहेका यहूदीहरुमाथि गोली चलाइएको थियो ।

दुई जना कालो पोशाक लगाएका दुई युवाहरूले अन्धाधुन्ध गोली चलाएका थिए । प्रहरीले दुवै जनालाई पक्राउ गरिसकेको र एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस