• २०८३ बैशाख ५ गते शनिवार

‘श्री ५ को सरकार’ लेखिएको नियमावली सच्चाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको नियमावली सच्याउनुभएको छ । मन्त्री चौधरीले नेपाल स्काउटको कर्मचारी नियमावली–२०५२ लाई संशाेधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ लेखिएको पुरानै व्यवस्थामा हस्ताक्षर गरेको कागजात बाहिरिएको थियो ।

नियमावलीको अनुसूची–४ (क) को कार्यसम्पादन फारामको १ नम्बर बुँदा (पृष्ठ २४) मा ‘मूल्यांकन फारामको नमूना श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ भन्ने वाक्य लेखिएको थियो ।

नियमावली टाइप गर्दा गल्ती भएको बताउँदै मन्त्रालयले त्यसलाई सच्याएर नेपाल सरकार बनाइएको जानकारी गराएको छ ।

स्काउटका राष्ट्रिय परिषद् अध्यक्षसमेत रहेका चौधरीले सच्याएर प्रमाणीकरण गरी कार्यान्वयनका लागि स्काउट प्रधान कार्यालयलाई पठाउनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस