• २०८३ असार १५ गते सोमवार

देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठकलाई सम्बोधन गर्दै देउवाले खडकालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । साथै देउवाले पार्टीको नियमित महाधिवेशन तोकिएको समयमानै हुने बताएका छन् ।

देउवा निकट नेताका अनुसार उनी उपचारका लागि सिंगापुर जाने तयारीमा समेत रहेका छन् ।

आजको बैठकको शुरुमा नै देउवाले आफ्नो लिखित सम्बोधन पढेका थिए । सम्बोधनका क्रममा देउवाले भदौ २३ र २४ गतेको घटनाको छानबिनको माग गरेका छन् । साथै उनले उनले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारसँग माग पनि गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस